/TilakgamingFB/?ref=pages_you_manage

Nepal religion

Image
Pashupati Temple, the holiest Shiva's shrine   Baudha Stupa, Decorated with light on Buddha's Birthday   Sleeping Vishnu, Budhanilkantha   Lingam   Thanka Painting           Religion in Nepal In Nepal, religion is not just a set of beliefs and accompanying rituals handed down from generation to generation; rather it is a complex intermingling of traditions, festivals, faiths and doctrines that have permeated every strata of Nepalese Society in such a way as to become the very heartbeat of the nation. Nepal is famous, as the world's only Hindu Kingdom. However, it is an intricate and beautiful tapestry formed by the interweaving of Hinduism, Buddhism and other beliefs. Religious tolerance and harmony such as is found in Nepal, is perhaps a unique example to the world. Religions in Nepal are: 1. Hinduism 2. Buddhishm 3. Tantrism   4. Islam and Christianity 1. Hinduism: It seems that the first people to s...

आफ्नै हिरोको खोजीमा छन् तामाङहरु

अहिलेसम्म नेपालका १६ लाख तामाङहरु माझ न कुनै सामाजिक-सांस्कृतिक हिरो छ, न राजनीतिक हिरो छ, न ऐतिहासिक हिरो छ, न त साहित्यिक नै। नेपाली राज्यसत्ताले तिनीहरुका हिरोहरुको पत्ता साफ गरिसकेका छन्। राणाकालमा उनीहरुले दुइ पल्ट राज्यविद्रोह गरे। नेपालमा राज्यविद्रोह गरेको इतिहास बोक्ने जाति तामाङ मात्र हो तर उनीहरुको इतिहास मिटाइदिए।

सात साल होस् वा सत्रसाल, छत्तीस होस् वा छयालीस वा १० वर्षे युद्धकालमा नै किन होस् तामाङ जातिको बलीदानीको सूची लामो छ, ९६४ जना भन्दा धेरै । तर नेपालको नश्लवादी सत्ताले उनीहरुको बलिदानीलाई कहिल्यै कदर गरेनन् । कुनै तामाङलाई सहिद घोषणा गरेनन्। बरु नमोनिसान मेटाउन प्रयत्नरत् रह्यो। त्यसैले उनीहरु आफ्नो हिरोको खोजीमा हुन्छन् र खोजीमा छन्।

तामाङले तन मन धनले नेपाल आइडल जिताउँछ। जिताउँदै आएको पनि छ। उसले प्रशान्त तामाङ लगायतलाई जिताइसकेको छ। वर्तमान इतिहास साक्षी छ ।

कुनै जज वा राज्य सत्ताको हातमा अधिकार भएसम्म तामाङहरु चलमलाउँदैनन्। उनीहरुबाट न्यायको आसा गर्दैनन् । पिरमर्का फपेर बस्छन् । र अहिले आइडल छान्ने अधिकार जजको हातबाट दर्शकको हातमा गइसकेको छ। त्यसैले उनीहरु बेजोडले चलमलाउन थालेका छन्।

विश्वमा ६२ हजार सदस्यहरुको सञ्जाल रहेको दावी गर्ने एक तामाङ संस्था “तामाङ डेटाबेस” Tamang Database ले सूचना जारी गरी आफ्ना सदस्यहरुलाई भोट हाल्न निर्देशन जारी गरिसकेको छ। उसले ९ बुँदामा सत्तासिन जातिले के कस्ता भ्रमहरु फैलाउन सक्छन् र कसरी सतर्क रहने भनी होसियारी पनि गराइसकेका छन्। यस पटक पनि देशबिदेशमा पैसा उठाउने कार्यको थालनी भइसकेको छ। ठाउँठाउँमा, कुना कुनामा, घरबारमा पैसा जम्मा गर्न पनि थालिसकेका छन् ।

तामाङहरुलाई २५० वर्षदेखि नेपाली नश्लवादी सत्ताले दलेको तुष छ। उनीहरुको भूमि लुटेको कथा छ। उनीहरुको स्रोतसाधानका दोहन गरेको व्यथा छ। उनीहरुका पूर्खालाई यिनीहरुकै पुर्खाले पिपा ढोके, छाते, हुक्के बनाएको बनाएको तुष छ, छोरीचेलीलाई धाइआमा बनाएर लुटेको, मोजमस्ती गरेको, भाषा, संस्कृति, परम्परा कुल्चेको, हालसम्म पनि शिक्षामा जातिहत्या (जेनोसाइड) गरिरहेको अत्यासपूर्ण चित्रण छ। यस तुषलाई रामकृष्ण ढकालले जानी वा नजानी बल्झाइदिदा उनीहरु झनै आक्रोसित बने। बुद्धलाई ११ लाख मतले माथि उकासे।

के बुद्ध साँच्ची कै योग्य छ ? के ऊ जित्ने लायकको छ ? तामाङहरुसँग उत्तर छ- अहिलेसम्म योग्यले के नापेको छ र ? जान्नेले के गरेका छन र ! सातसालदेखि यताको ६० वर्षका अवधिमा कतिलाई जितायो जितायो ? कतिलाई हिरो बनायो बनायो- बिपिदेखि प्रचण्डसम्म। खै के पायो- हेपिएको शाब्दिक झटारो भोटे र हिन्दी डायलग- “लातके लोग बात नही समझते है”।

बुद्ध लामाले अहिलेसम्म न तामाङ पहिचान झल्काउने पहिरन लगाएको छ, न तामाङ गीत गाएको छ, न तामाङ संस्कृतिको बारेमा एक शब्द बोलेको छ। उल्टै नश्लबादको चपेटामा परेकी दिदीको वयानले तामाङ जातिको मन कुडाएको छ। केहीले रिस पोखेर हटात डेन्जर जोनमा पुर्याइदिए। तर पनि उनीहरु यो नश्नवादीको षड्यन्त्र हो भनेर भोट हाल्न लागि राखे। टप तिनमा पुर्याइछाडे।

हालसम्म जितिसकेका आइडलहरुले नै पो के गरे र ? प्रशान्त तामाङ गायनमा फल्प भएर नाचेर हिडन थाले। झन एक जना आइडलले त जितिसके पछि सरकारी पत्रिका “युवा मञ्च”को पृष्ठभरि तामाङ विरुद्ध वमन गरे। त्यो उसले गरे वा गराए। त्यस तर्फ तामाङहरुको कुनै चासो रहेन। उनीहरुको काम सत्तासीन जातिलाई बल्ड्याङ खुवाउनु हो। अहिले पनि ऊ सत्तासिन जातिका प्रतियोगीलाई “थुस्क्याना लाबा” अर्थात् लडाएर माटो सुघाउन चाहन्छ।

किनकि तामाङहरुलाई २५० वर्षदेखि नेपाली नश्लवादी सत्ताले दलेको तुष छ। उनीहरुको भूमि लुटेको कथा छ। उनीहरुको स्रोतसाधानका दोहन गरेको व्यथा छ। उनीहरुका पूर्खालाई यिनीहरुकै पुर्खाले पिपा ढोके, छाते, हुक्के बनाएको तुष छ, छोरीचेलीलाई धाइआमा बनाएर लुटेको, मोजमस्ती गरेको, भाषा, संस्कृति, परम्परा कुल्चेको, हालसम्म पनि शिक्षामा जातिहत्या (जेनोसाइड) गरिरहेको अत्यासपूर्ण चित्रण छ। यस तुषलाई रामकृष्ण ढकालले जानी वा नजानी बल्झाइदिदा उनीहरु झनै आक्रोसित बने। बुद्धलाई ११ लाख मतले माथि उकासे।

राणाकाल देखिको तामाङ समुदायको उच्च आकांक्षा रहेको छ – “म्हेला स्या थेन म्ह्लाला कान, खाइमा धे ताला म्हान्बाराङ” (गोरोको मासु धानको भात, कहिले पो होला सत्तासाथ)। ल्हास्सो ! शुभकामना !

नेपाल आइडलका वुद्ध लामा सुयोग्य व्यक्तित्व होइनन्। तामाङलाई त्यो आवश्यक पनि छैन। अनलाइन शब्दकोशले आइडलको अर्थ यसरी दिएको छ idol – some one who is adored blindly and excessively ! तामाङहरु यिनै शव्दवली भने जस्तै अन्ध भक्त हुन्। उसलाई जिताउँदा त के अनौठो होला त।

अर्को कुरा, अमेरिकामा किन काला जातिका नागरिकहरु गीतसङ्गीत र खेलकुदमा अगाडि छन्? गुदी कुरा के हो भने अोबामा लगायतका एक दुइलाई छाडेर उनीहरुलाई मुलधारको राजनीतिबाट अलग्याएका छन्। सत्ताले बेलामौकामा अपराधीको सूचीमा राख्ने गर्दछन्। सत्ताका स्वाद चाखेकाहरुले यसता काम गर्न सक्दैनन्। यसर्थ उनीहरुको विकल्प नै रिस्की खेल वा गायन मार्फत् हिरो हुनु हो। गोराहरुलाई गरी देखाउने मनोविज्ञान हो।

नेपालमा पनि मूलधारले ऐतिहासिक कालदेखि राजनीति, शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा रैती जस्तै व्यवहार गर्न थालेपछि र उनीहरुलाई अनागरिक ठाने पछि, सत्ताले आफ्नै सन्तानलाई मात्र पोष्ने गरेपछि र कहिलेकाही नेपाली नश्लवादी सत्ताले अपाराधीको सूचीमा पनि पार्ने गरेपछि नश्लवादी सोच र चिन्तनको विरुद्ध तामाङहरु ज्यान छोडेर लागि परेका हुन् र हाललाई योभन्दा अर्को विकल्प उनीहरुले फेला पार्न सकेका पनि छैनन्। तर अमेरिकाको काला नागरिक र तामाङमा के फरक छ भने काला जातिलाई उनीहरुको मुलुकबाट चोरेर अमेरिकामा कठोर श्रमका लागि ल्याइएका हुन् भने तामाङहरु यही माटोका अधिकार सम्पन्न मूल नागरिक हुन्। राम्रो कुरा के हो भने यस पटकको स्थानीय चुनाउमा प्रदेश नम्वर ३ मा २७ प्रतिशत स्थानमा उनीहरुले जित हासिल गरेका छन्। जवकी उनीहरु २८ प्रतिशत छन्। केन्द्रमा ५.५ प्रतिशत रहे पनि २.५ प्रतिशत भन्दामाथि कहिल्यै स्थान हासिल गर्न सकेका छैनन्।

यसर्थ वुद्ध राम्रो पनि हो र हाम्रो पनि हो भनेर उसलाई आइडलमा जिताउन तामाङहरु लागि परेका छन्। विश्वका कुना कुनामा रोजगारीको क्रममा रहका तामाङहरुले दिलोज्यानले फन्ड जोहो गरेर भोट हाल्न तमतयार छन्। बुद्ध जस्ताले तामाङ पहिचानलाई बोके पनि नबोके पनि यसले तामाङ एकतालाई बलियो बनाइरहेका छन्। भोलिको तामाङ भूमि निर्माणमा यस्ता आइडल प्रतियोगीताहरुले तामाङहरुलाई एकसूत्रमा बाध्न मद्दत गरिरहेका छन्। पाइला नचाले सगरमाथा पुग्न सकिन्न भने झै एक दिन साच्चिकै तामाङ समुदायले तामाङ माटो र पहिचानलाई माया गर्ने “आदर्श हिरो” पाउने अपेक्षा गर्न सकिन्छ ।

Comments

Popular posts from this blog

Nepal religion

Tamang culture

Tamang population